किताब कुनोः पढ्नैपर्ने ‘पूर्वीय सभ्यता’

भवानी अधिकारी / मणिपुर, भारत

हामी विकास, शिक्षा, अर्थनीति आदिमा पश्चिमतिर हेर्छौं । पश्चिमको आधुनिक शिक्षा, जीवनशैली विज्ञानको देन, औषधि तथा अनेक नवीन उपकरण सुविधा सम्पन्न भौतिक पदार्थले हामी त्यता तानिन बाध्य छौं । सुख-सुविधा ,शान्ति, आत्मा सन्तुष्टि आदिको वाह्य भौतिक जगत हाम्रो सिधा सम्पर्क रहन्छ र रही आएको छ । बाह्य जगतका सुख सपन्नतासँग हामी जति-जति नजिक हुँदै जान्छौं हामी एक पछि अर्को साधन जुटाउनका पछि दगुर्नु पर्दछ ।

यसो भन्न खोजिएको होइन कि हामी सुखपूर्वक जीवन नबाचौं । हामीसँग आज एउटा भ्रम उत्पन्न भई सकेको छ, सुखी हुनु छ त बाह्य वस्तुहरूद्वारा नै त्यो संभव छ । हामी आफुतिर फर्केर हेरेका छैनौं । मरुभूमिका मृगले बालुवामा परेका घामको टकमा टल्केको रुपलाई पानी सम्झी त्यसले प्यास मेटाउन खोजी दर्गुछ । जति दगुर्यो त्यो सूर्यको रोशनी टल्कने बालुवामा अझ पर देखिन्छ । आज हाम्रो सुख सम्पन्नता पनि त्यस्तै भएको छ । हामीले ठानेको पानी वास्तवमा पानी होइन । आज हामी पानीमा भ्रमको मृगझैं बालुवाका चर्का घाममा सुख सम्पन्नताका खोजीमा दगुरी रहेका छौं ।

विश्वमा कोरोनाले हामीलाई भित्रबाट झकझक्याएको छ। मानव सभ्यता, विकास एकै पलमा ठप्प विसाएर टोलाएको यो घडी छ । मेरा हातमा यस घडी ‘पूर्वीय सभ्यता, विश्वविख्यात विद्वानहरूको दृष्टिमा’ नामक सलील ज्ञवालीको पुस्तक छ । सन् २०१२ मै म कहाँ आइपुगेको यस पुस्तकले म आश्चर्यचकित नभएको होइन । आज फेरि म यस पुस्तकलाई दोहोरयाउँदैछु । पूर्वीय सभ्यता यस पुस्तकले आँखाको नानीको काम गरेको छ । विश्वका महान दार्शनिक, वैज्ञानिक, विद्वान, साहित्यकार, कवि आदिले पूर्वीय भारतीय ग्रन्थहरू पढ़ी हाम्रो सभ्यता संस्कृतिको महानताको वर्णन गरेको छ ।

सलीलको खोज, अनुसन्धान, एकाग्रता आदिले हामीलाई धन्य बनाएको छ । यो पुस्तक पुनः पढी हामी आफुले आफुलाई चिन्ने मौका फेरि पाएका छौं । आफ्नो अतीतमा गौरव नगर्ने जातिको उन्नति हुँदैन । अरु तुच्छ म महान होइन । सबैको सम्मान गरी आफू आत्म केन्द्रीत बनी ज्ञान आर्जन गर्ने हाम्रा धर्म शास्त्रले बताउँछ । धर्ममा हिन्दु,बौद्ध, किराँत आदिको विभेद होइन । जरो एक हो हाम्रो, पद्धति अलग हुन सक्छ । हामीले महान धरोहर पाएर आएका छौं । हाम्रो धरातल बलियो छ । तर, मन हल्लिएको छ । यस हल्लिएका मनलाई स्थिरता साँचो ज्ञान दिन यो पुस्तक सक्षम छ । म यहाँ अंग्रेजीकै एक दुई कुराहरू पुस्तकबाट उधृत गर्दैछु ताकि हाम्रा सहृदय पाठकलाई यसबाट केही पुस्तक सम्बन्धी ज्ञान प्राप्त होस ।

अंग्रेजी महान कवि टिएस इलियटले आफुले संस्कृतद्वारा ज्ञान प्राप्त गरेको पूर्ति गरेका छन् । उनले भनेका छन्- ‘पूर्वीय दार्शनिकहरूको विलक्षणताका तुलनामा महान युरोपेली दार्शनिकहरू पनि अभ्यासिक विद्यार्थी जस्ता देखिन्छन् ।’

फ्रान्सिस एम बोल्टेयर भन्छन्- ‘वेद एउटा सर्वाधिक मूल्यवान उपहार हो जसको निमित्त पाश्चात्य जगत सदैव पूर्व प्रति ऋणि रहेको छ ।’

यहाँ गरिएको वेदान्त, उपनिषदका वर्णनले मलाई भित्र कता-कता हामी त कतै आफ्नो ज्ञानदेखि अन्तै भौतारिंदै छैनौं जस्तो लाग्दछ ।

विश्वका प्रसिद्ध दार्शनिक, लेखक, कवि, वैज्ञानिक अन्य कति(कति विश्वविख्यात महान यी व्यक्ति आफ्नो कार्यले विश्व प्रसिद्धि पाएका हुन् । उनीहरूलाई पूर्वीय ज्ञानको आधार चाहिन्छ भने हामी किन आफ्नो ज्ञानबाट अनभिज्ञ हुने भनी यो पुस्तक लेख्न प्रेरित भए । विज्ञानको अनेक शोधहरूमा पूर्वीय ज्ञानले आधार बनी चीज दिएको छ, त्यसैले पश्चिममा आज पूर्वीय ज्ञानको महत्त्व अझै बढेर गएको छ । यस पुस्तकलाई हामीले पढेकै हुनु पर्दछ ।

पुस्तकका हरेक पन्नामा हरेक महान विभूतिहरूको उद्गार मात्र छ । हाम्रो पूर्वीय व भारतीय सभ्यताको महानता एक(एक पन्नामा झक्लेका छन् । आज यो मूल अंग्रेजीमा लेखिएको पुस्तक विश्वका अनेक भाषामा धमाधम अनुवाद भई आएको छ । पूर्वीय सभ्यता विश्वका हरेक सभ्यतालाई आज सान्दर्भिक बनेको छ । विकास, शान्ति प्रेम, उन्नति प्राप्त गर्न भौतिक सुख सुविधाले मात्र संभव छैन । आन्तरिक ज्ञान एकाग्रता आदिको अत्याधिक महत्त्व छ । ध्यान मग्न भई लाग्न जरुरी छ । मानिसको ज्ञानको ज्योति आफुमा फैलाएर विश्वमा शान्ति, समृद्धि प्राप्त गर्न सकिन्छ । यो त्याग तथा वैरागीको विषयमा होइन । कर्म तथा उन्नतिका निम्ति हो ।
अब यता म अथवा हामी कता जाँदैछौं हाम्रो धरोहर महान त छ । हामी यसबाट विमुख त हुँदै छैनौं ।

हाम्रो भाषाको कुरा गर्दा हामी भानुभक्तलाई लिन्छौं । भानुभक्त महान ज्ञाता थिए । हामी दुई सय चारसय वर्षको कुरा गर्छौं । तर, हामी सय मात्र पुराना होइनौ । भानुले हमीलाई नेपाली सरल भाषामा रामायण दिएको मात्र हो । एउटा नया संस्कृति दिएको होइन । भानुले हामीलाई आफ्ना प्राचीन धरोहरसँग जोड्नाले नै भानुभक्तीय रामायण हामीमा त्यति प्रिय भएको हो । भानुले हामीलाई सरल मान्य भाषा दिए । सभ्यताले हामीलाई राम युगौं युग पहिले दिएको थियो । हामी राममय बन्यौं, रामायणमा रमायौं । त्यहाँ हामीले आफ्नोपन पायौं । हाम्रो मुटुको धडकनमा वेद छ, उपनिषद छ, रामायण छ, महाभारत छ । त्यो पुरानो कुरा हामीलाई सरल सहज भाषामा प्रस्तुत भएको पाउँदा अति प्रिय लाग्यो ।

अलिकति थपौं, हामी महान चिन्तक, विद्वान, जनसाधारण नर(नारी आज कुनै गहन कार्यमा संलग्न हौं, त्यहाँ कसैले नेपाली सुरिलो लोकधुन बजावस्, हाम्रो मन नाच्न थाल्छ । त्यो हामीमा पचेको छ । राम त्यस्तै हामीभित्र पचेका हुन् । वेद पुराण हामी भित्र छ । हाम्रो मन छुन्छ । त्यो हाम्रो आफ्नोपनसँग आफुमा समाहित चीज हो ।

आधुनिकता परिवर्तनका नाममा हामीले बिर्सन चाहे पनि हाम्रो आफ्नोपन भने हाम्रो पुराना सभ्यताले दिन्छ । कहिलेकाहिं पुरानो सभ्यतालाई बाहुनवाद भनी हामी उडाउन खोज्छौं । कर्मकाण्डीय पद्धतिलाई हामी सबै पूर्वीय सभ्यता मान्न लागेका कारण हाम्रो विचार यस्तो भएको हो । कर्मकाण्ड़ विधि एक पूजा आराधना पद्धति हो । वेद(उपनिषद आदिका अंग अवश्य हुन् । तर, ज्ञानका भण्डार आजको विज्ञान, औषधि, ज्ञान आदि यिनैबाट हामीले पाउँछौं । यस बिना हामी जरा नभएका रूख सरी हुन्छौं । बुद्ध हाम्रा हुन् । राम कृष्ण गर्दै हामी अझै पछि पुग्छौं वेद उपनिषदमा । गहिरो ज्ञान, अजर संस्कार हामीले हाम्रा धरोहरबाट पाएर आएका छौं ।
हाम्रा ग्रन्थहरू प्राचीन हुन् । हाम्रो ज्ञान प्राचीन हो । यी महान व्यक्तिहरूबाट आदर सम्मान गरिएको वेदान्तका अंश हामी, यसको संरक्षण गरौं । विकास गरौं, विस्तार गरी आफु बाह्य होइन, भित्री दर्बिलो बनौं । ज्ञानका समुद्रमा डुबौ । जीवन सार्थक बनाउँ । सलीलको यस प्रयासलाई व्यापक गरी आफुलाई चिनौं । आफुलाई चिने आफ्नो हीनताबोध हट्ने छ, स्वाभिमान जाग्ने छ । हाम्रो स्वाभिमान बेला बेलै डगमगाउन खोज्छ । यसैले हामी आफैमा शंका गरी रहेका हुन्छौं । अर्काको असल हाम्रो कस्तो(कस्तो रु यो शंका मनमा रहे हामी उन्नति तर्फ लाग्न सक्दैनौ । यस पुस्तकबाट उत्प्रेरणा लिंदै हामी आफ्ना जरा बलिया बनाऔं ।


प्रिय पाठक ! नेपालनाम्चाको नयाँ स्तम्भ ‘
किताब कुनो‘मा तपाईं आफुले पढेका नयाँ, पुराना वा कुनै प्रकारका किताबमाथि टिप्पणी, समिक्षा, समालोचनामात्र होइन, पाठक अनुभुति समेत पठाउनसक्नु हुनेछ ।
इमेल nepalnamcha@gmail.com

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button