लेख्नु ठिक कि बोल्नु ?

प्रश्नै-प्रश्न

शोभा अर्याल भट्टराई

खै के लेखु ?
कहाँ लेखु ?
लेख्नु ठिक कि बोल्नु ?
आवाज सुनिन्छ त ?
तिमी सहि छौं त ?
किन मन अशान्त छ ?
केवल फिक्रि के का लागि ?
किन बोल्दैनौ त ?
नबोल्दा शान्ति मिल्यो ?
केहि गल्ती गर्यौ की ?
कसले के भन्यो ?
यो नियम संसारको कसले बनायो ?
जसले बनायो उसले पालन गर्यो त ?
कतै नियम आफ्ना र अर्का लाई फरक पर्यो कि ?
जहिल्यै प्रश्न, जहिल्यै प्रश्न उत्तर पनि आउँछ कि ?

हो,
आउँछ,
आफ्नै घरमा नअट्ने जातलाई छोरी मान्छे भनिन्छ
बरु,
पशु भई जन्मेको भए हुन्थ्यो
नियम बनाउने र मिच्ने दुवै हुन्थेनन्
जो बलियो उही राजा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button