मिनिबस चढ्यौ, दुर्घटनामा पर्यौ, लेख्दैछु आमा, हार्दिक श्रद्धाञ्जली
आमाको सम्झनामा
शोभा पन्त तिवारी
असै्ह्य पीडा सहेर तिम्ले सन्तान स्वरुप धर्तिमा जन्मायौ
शिक्षा र सँस्कार सिकाउँदै तिम्ले पराई घर अन्मायौ ।
ह्रदय अपार स्नेहि बनी माया ममता खन्यायौ
जिन्दगी शुरु हुने नै बेला आमा टुहुरी बनायौ ।
झ्वास्स याद आउँछ आमाको कैले देख्न पो मन लाग्दछ
अझै पनि आमा कतै छन् कि भन्ने आशा मलाई जाग्दछ ।
प्रेत बनी यतै छौ कि तिमी आमा कि स्वर्गैतिर गयौ
नचाहे पनि आमा तिमी आखीर हाम्रै पित्र पो भयौ ।
मिनिबस चढ्यौ दुर्घटनामा पर्यौ सब हाम्रा आँखा छली
मन नलागी नलागी लेख्दैछु आमा हार्दिक श्रद्धाञ्जली ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)