म पुरुष हुँ, ‌तँ महिला त्यसैले तँ भन्दा म महान हुँ

पुरुषवादी समाज

स्मारीका पाण्डे

दाजिन्छन् जस्लाई चट्ट मिलेको जिउ ज्यानले
केही दाग नभएको गोरो चम्किलो अनुहारले
भन्छन् लामो सल्सलाउँदो केस नै नारीको शेष
छोटा हैनन् लामा शरीर धाक्ने सांस्कृतिक हुनपर्यो भेष
पुरूषलाई मान दिई उसको अघि झुक्ने
घरको सबै काम गरि घर ढुक्ने
हुनुपर्छ उसैले छोरा छोरीको जिम्मेवारी बोकेको
जे कामको लागि पनि उसैलाई नै सबैले तोकेको
दाइजो, छोरा नपाएको आदिमा उसैलाई मानसिक तनाब दिइने
बाहिरी सुन्दरताको दर्जाले उसलाई कुरुप भन्ने
समान हक नपाएकी उनीलाई सबैले मुखमा बाँधेर राख्ने
स्वतन्त्र महिला अधिकार महिलाले कहिले होला चाख्नेरु
महिनावारी, सुत्केरीको पिडा सहदा पनि चुप लागेर बस्नु पर्ने
र सम्पूर्णले भनेको मान्नै पर्ने
उनकै न्यायको लागि लड्दालड्दै पनि न्याय उन्ले पाउँदिनन्
उनी माथि जति अत्याचार भए पनि कस्ले गरेको हो भनी आरोप उनी लाउँदिन्न जताबाट नि उनैलाई पेलेका छन् सबैले
भन्छन्, यो काम तेरो हो तैँले नै गर्दे
म पुरुष हुँ, ‌तँ महिला त्यसैले तँ भन्दा महान हुँ म
वंश धान्ने त म हुँ नि, तँ त केवल अर्काको सम्पत्ति
बिहे हुन्छ तेरो पराई घरमा भनी दिन गन्ने
महिलालाई सम्मान र समान अधिकार नदिने यो पुरुषवादी समाजलाई के भन्ने ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button