
तातो लाभाको तापक्रम नाप्दैछु

लक्ष्मी मैनाली पाठक
म झरेर पनि अर्थ खोज्दैछु
शुरु र अन्त्यको जोड घटाउ गन्दैछु
अन्धकारभित्र नियालेर छायाँ
तातो लाभाको तापक्रम नाप्दैछु ।
बेअर्थको जीवनको परिभाषा के छ ?
बिना सृष्टिको सृजना खै कहाँ भेटिन्छ ?
गुम्सिएका अन्तरध्वनि जब बोल्न खोज्छन्
उच्चारण नहुँदै गलाहरु रेटिन्छ्न् ।
लत्रिएका पाइला पछाडि धकेलिँदा
सहाराका हातहरु बिरलै भेटिन्छन्
छिचोलेर तीर चलाउनु भन्दा
मौनताको सवाल नयनमा पोखिन्छन् ।
बेगसरी बगेका यी तृष्णाहरु
सम्हालेर राखेका अनमोल रत्न
हर रात झस्केर आफैभित्र
जीवनरथ गुडाउने गर्दैछन् प्रयत्न ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



