
मुटुको माझबाट निरन्तर बगिरहने तिमी नै हौ मेरो प्रेमको नदी

मनका रहरहरु
सरिता पराजुली
सुनसान रातमा टोलाएका आखाँहरूले
हेरिरहें आकाशका ताराहरु,
तिम्रो आगमनको प्रतिक्षामा
थाहा नपाइ मायाको न्यानो स्पर्श
हावाको झोक्का बनी
सुटुक्क मेरो मनभित्र पो बसिसकेछौ ।
सुटुक्क लगाएको थिएँ माया
तर चालै नपाई मुटुको ढुकढुकीले सुनाईदिएछ,
मिठो तिम्रो आगमनले अनायासै
रङ्गिचङ्गी मनको बगैंचामा भमरा जसरी
अनायास ठोकिन आइपुगेछन्,
लजालु मनका रहरहरु ।
तिमी नै हौ मेरो साहस बढाउने मान्छे
मैले तिमीबाटै बुझेको हो मायाको आभास
तिमी नै हौ मेरो प्रेमको नदी
मुटुको माझबाट निरन्तर बगिरहने
किनारा बनी तिमीलाई पछ्याईरहन्छु
म जुनी जुनीभरी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



