
कसैले नि बुझ्दैनन् मेरो मनको भाषा

जागेको आशा
मुकुन्द हटुवाल
न कुनै ईच्छा मेरो, न कुनै चाहना,
न कुनै रहर मेरो न कुनै बहाना
न जाँगर छ मनमा, न कुनै आँट,
न कोहि कसैको याद आउने छाँट ।
न त आनन्द छ कुनै, न छ दुख कुनै,
न त कर छ कसैको, न त पीडा कुनै ।
न त चोट नै छ मनमा, न त कुनै खोट,
न कुनै बिराम छ, न त कुनै दोष ।
कता गयो मेरो कला, कता गयो आशा,
कसैले नि बुझ्दैनन् मेरो मनको भाषा
ईच्छा मेरो आफ्नै थियो, रहर आफ्नै थियो,
निभ्यो कि त यति चाँडै मेरो मनको दियो ।
समाजमा केही गर्ने मेरो अभिलाषा,
बुझ्ने मेरो रहर थियो गरिबीको भाषा
लाइन कुनै सोर्स मैले, लाइन कतै कासा,
उर्जा ध्यानले जगाइ दियो आज मेरो आशा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)