
तिमीले छेकिदियौ मसम्म आइपुग्ने हावाका लहरहरु

प्रज्ञा अर्याल
बदलिए तिमीसँगै बदलिएका छन् मेरा भावहरू
झन् बदलिएका छन् मेरा स्वयमका स्वभावहरु
बदलिएका छन् मैले मध्यस्थता गरेका सम्बन्धहरु
केवल तिमी बदलिनाले बदलिएका छन् मेरा दिनचर्याहरु ।
तिमी बदलिएसँगै बदलिएका छन् मेरा बाटाहरू
बदलिएका छन् मेरा उदेश्य रूपी चाहनाहरु
बदलिएका छन् मलाई शीतलता प्रदान गर्ने छहारीहरु
बदलिएका छन् मलाई ऐना देखाउने ती सिसाहरु ।
तिमी बदलिएसँगै बदलिएको छु हेर आज म पनि
बदलिएका छन् मेरा मुहारका भावनाहरु पनि
बदलिएका छन् मैले लेख्ने गरेका ती शब्दार्थहरु
केवल तिमी बदलिनाले बदलिएका छन् मेरा समर्थकहरू ।
तिम्रो बदलावले सफलता पायो–पाएन कुन्नि
मलाई बदल्नमा तिमी बिल्कुल सफल भयौ मान्दछु म त्यो पनि
हिजो तिमीलाई चिरेर मसँग आइपुग्ने त्यो रवि किरण
आज स्वेयम मलाई रोझ्दै खोज्ने भएको छ हेर त्यो पनि ।
तिमी बदलिएसँगै बदलिएका छन् मेरा चिनारीहरु
बदलिएको चिनारीमा परिचित हुँदैछन् मेरा प्रियजनहरु
तिमीले छेकिदियौ मसम्म आइपुग्ने हावाका लहरहरु
त्यै लहरहरुले आज रंग्याई उडाउँदै छन् मेरा सारा रहरहरु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)