छैन घटी-बढी, सबमा बराबर

कमला केसी

प्रभू तिम्रै गुण हरदिन गाउँदै नाँचु,
तिमीमा समर्पित हुँदै रमाउँदै बाँचु ।

बनाउनु छ यस्तै दैनिकी,
मनलाई नबनाई छट्पटी ।

प्रभू तिम्रो लिला शक्ति अपरम्पार,
त्यहि शक्तिमा अडेको यो संसार ।

छैन घटी बढी सबमा बराबर,
जे परेता पनि मान्दैनौ कुनै हार ।

को आफ्नो को पराई राख्दैनौ कुनै भेद,
सबको हृदयमा बसी गर्छौ रेखदेख ।

सन्तानलाई प्रेम गर्ने तिमी एक माता,
लालनपालन गर्ने तिमी एक पिता ।

जगतमा सर्व श्रेष्ठ मातापिता,
जननीलाई नपारौं यताउता ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button