साइड: घाम, रूख, हसियाँ-हताैडा, कलम, छाता र साइकलवालाहरूलाई !

भेरी कन्फ्युज्ड

पेशल आचार्य

मन जित्न नसकेर
मत माग्न नजानेर
बा बर्बराउन थालेछन्
प्रचण्ड लर्बरिन थालेछन्
चुनाव हारेका
शङ्करहरू पनि
नयाँलाई दुत्कार्दै
अनाहकमा गाली गर्दैछन्,

नबुझेकाे कुराे नि
यहाँ बाउले भन्या
छाेराे त मान्दैन भने
चुनावमा
भाेटरहरू के पार्टीका दास हुन् र भन्या ?

बूढा पात झरेर
नयाँ पात पलाउँछन् !
कुराे यत्ति हाे !
जन्मेपछि विचार बनाउने हाे
बा, काका र दाइहरूले बुझे हुन्छ
नत्र छाेराले साइड लगाउँछ अब
सबैलाई,

घाम, रूख, हसियाँ-हताैडा, कलम, छाता र साइकलवालाहरूलाई !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button