जीवन लाम लागेर कटाउनु सिवाय केही रहेनछ, कहिले मतपत्र बाेकेर

पेशल आचार्य

चिसाे बिहानीमा
बिजुलीका तारमा
लहरै बसेका चराका हूल देख्दा
आफ्नाे बालापनकाे
यादले सताउँछ,

उहिल्यै हामी
छानाे नभएकाे स्कुलमा
त्यसैगरी चराजस्ता अक्षर समात्न
चउरमा लाम लाग्ने गर्थ्याैं,

हिजाे अक्षर चरा थिए
हामी पक्रन दुगुर्थ्याैं
आज चरा बिजुलीका तारमा बसेर
हामीलाई नियालिरहेछन्,

जीवन लाम लागेर
कटाउनु सिवाय केही रहेनछ
कहिले बिहे भाेजमा
रित्ताे प्लेट थापेर
खानाका लागि उभिनु
कहिले मतपत्र बाेकेर
मतदानका लागि उभिनु,

लाम रहेछ जिन्दगी !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button