कमल र गुलाफ जस्तै रै’छ जिन्दगी

कविता

मुना भण्डारी

बगिजाने खोला जस्तो रैछ जिन्दगी ।
दुई खोलिको दुईकिनारा भएछ जिन्दगी ।

हिँड्दा हिँड्दै दोबाटोमा अल्मलिदो रैछ जिन्दगी ।
अल्मलिदा अल्मलिदै संसार भुल्ने भएछ जिन्दगी ।

नपाउन्जेल धेरै महंगो रैछ जिन्दगी
पाएपछि सारै सस्तो भएछ जिन्दगी ।

बेसुरमा दलदलभित्र पस्दोरैछ जिन्दगी
आँशु पुछ्दै मुस्कुराउने भएछ जिन्दगी ।

भिरमा फुल्ने गुराँस जस्तै रैछ जिन्दगी
सिमलको भुवा जस्तै भएछ जिन्दगी ।

कैले रुने कैले हास्ने रैछ जिन्दगी
सम्झनामै जुनी काट्ने भएछ जिन्दगी ।

खोल्साखोल्सी फुल्ने फूल हैन जिन्दगी
कमल र गुलाफ जस्तै रैछ जिन्दगी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button