अरुलाई गन्दै नगन्ने हामी

कमला केसी

हरि नाम सुन्छु घरिघरि,
मनका पीडा भाग्छन् हावासरी ।

तिम्रो नाम श्रवणले मन हुन्छ फुरुङ्ग,
प्रभू तिमिलाई सम्झी हर क्षण हुन्छु दङ्ग ।

समान व्यवहार गर्ने सबमा तिमी,
अरुलाई गन्दै नगन्ने मानिस हामी ।

तिमी नै सबका लागि व्यवस्थित गरिदिने,
जस्ले जे गरेता पनि चुपचाप बसिदिने ।

सबका हृदयमा तिम्रै छ बास,
त्यसैले प्रभू तिमी नै हौ खास ।

प्रभू तिम्रो अदृश्य शक्ति,
यसैमा गर्दछु म भक्ती ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

2 Comments

  1. अहा! कति सुन्दर!! गुरू कृपा बर्षि रहोस। शुभकामना ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button