तिमीलाई पनि कसो नपिरल्दो हो ती क्षणले

कसरी भुलुँ !

सुशान्त पण्डित

कसरी भुलुँ
तिमीसँग गुज्रिएका ती दिवा
ती रात्रि
ती आवधिक अनुरागका क्षण
तिम्रो सुहावन र मञ्जुल स्तुतिको स्पर्श
सोचेको थिएँ, हाम्रो स्नेह हामीसँगै मेटिनेछ
तर आवधिक प्रेममा टारेर गयौ ।

कसरी भुलुँ
साथमा वर्णन गरेका माया मोहका शब्दहरू
तिम्रा कर हात समाउँदै गर्दा देखिएको त्यो संसार
टन्टाको दर्जा दिएर गयौ मेरो मायालाई
तर पनि कसरी भुलुँ
नयनमा बसेको तिम्रो छायाँलाई ।

कसरी भुलुँ
तिमीले रात परेसँगै सञ्जालमा बोलेका ती मीठा शब्द
ती शब्द र वाचाको स्मृतिले पिरोलिरहेको छ मलाई
सताइरहेछ मलाई स्मृतिको ऐठनले
प्रेमको डोरीले बाँधेर राख्नेछु भन्थ्यौ
सजिलै डोरीलाई दुर्बल बनाउँदै चुँडेर गयौ
तिम्रा निम्ति दैवले कोरेका हातका रेखा मेटेर गयौ ।

हुन त तिमीलाई पनि कसो नपिरल्दो हो ती क्षणले
जब संसार अघि प्रेमका अनेकन हर्कत हुन्थे
जब साथमा प्रेमको रेखा कोरिरहने कसमहरु हुन्थे
जब मायाका वेगहरु साँटिन्थे ।

तिमीले हाम्रो सम्बन्धमा दिएका पलहरु कसरी भुलुँ
तिम्रो त्यो सुन्दरताको झलक अझै आइरहन्छन् मेरा अगाडि
हे प्रणयि किन छोडेर गयौं हाम्रो प्रेमारुपि यात्रालाई
किन घोक्रो बनाएर गयौ हाम्रो प्रेमलाप गीतका भाकालाई
आखिरमा तिमी नै त थियौ मेरी सजना मेरी मजनु
तिम्रो यादहरुको अनुयोगले सताइरहन्छ
कसरी भुलुँ म तिमीलाई ?

…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button