
हजारमा एकाधले हात थामे

साथी
सुशीला नेपाल
कति साथ थिए सबै छोडिदै गए
समयको माग अनुसार तोडिदै गए
केहि भनेजस्तो भएन रिसाएर गए
केहि जीवनभर सम्झने याद छोडेर गए ।
तिमीसँग छुटिन नसक्ने पनि आज सपना सरी भए
केहि अर्थहिन रहे केहि जीवनको अर्थ दिएर गए
कहि माया बस्न लाग्दा पनि परिस्थीती अर्कै लिएर गए
आज साथी पनि समयका कारण अर्थहिन बनेर गए ।
दिन कट्दैछन् बितेका ती पलहरु आज सपनामा गाँसिएका छन्
आज परिवेश फरक भएसँगै साथीहरु नयाँ नयाँ भेटिएका छन्
जो भेटिएका छन्, छोडिदै छन्, तर जीवनका पानामा केही लेखिएका छन्
दिमागका एक कुनाका केहि स्वार्थी केहि निस्वार्थी देखिएका छन् ।
चाहिने रहेछ स्वार्थी पनि जीवनमा केही पाठ पढाइ कुलेलाम ठोकेको छन्
सोझो मान्छेको जमाना गएछ साथीहरु यहाँ आफ्नाले नि घात गरेका छन्
यही हो जीवन हेर तिमीलाई पनि कसैले पक्कै आँखा छलेका छन्
पृथ्वी गोलो छ भन्छन् त्यसैले तिम्रो नि पालो कसैले कुरेका छन् ।
तर केहि साथी यस्ता छन्, कहिल्यै भूल्न नसक्ने छाप छोडेका छन्
केहि मायाको केहि सहयोगको रहस्यमय दृश्य मनमा गाडेका छन्
नराम्रो कोहि हुँदैन यहाँ, परिस्थीतीले दिमागलाई लात मारेका छन्
कर्म गर्नु असल तिमीलाई हजारमा दुइ मानिसले पक्कै हात थामेका छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



