धेरै चोट खेपेर नै सुख हातमा लिएकी हुँ

मनका वेदना

मञ्जुश्री पौडेल

बाटो छेके बादलले तारा रुँदैन
दुख पर्दा आफन्त नै आफ्नो हुँदैन,
बेदनाको बाँसुरीमा बज्छ मिठो धुन
कहिले हाँस्छु कहिले थाल्छु बिरहमा रुन ।

आँखामा आसु, ओठमा हाँसो गरी बाच्न बाध्य छ,
मनको दुःख आत्माको नासो भनेर के साध्य छ
पाइलै पिच्छेका उत्साहहरु जीवनीलाइ उपहार बने
बिर्सिएका चोटहरु दोहोरिएर साथी बने ।

चाएका इच्छाहरुलाइ तोडेर पनि
आत्माशान्तिको खोजिमा भौतारिँदै छु,
आकस्मिक चोटलाइ भुलेर पनि
पुन शक्तिमा परिवर्तन खोज्दै छु ।

वसन्त ऋतु मात्र होइन हजुर, शिशिर पनि देखेकी छु
दुःख मात्र होइन हजुर, सुख पनि अलिकति भोगेकी छु,
धेरै चोट खेपेर नै सुख हातमा लिएकी हुँ
चोटरुपी घाउलाइ नै सायरीमा लेपेकी हुँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button