बेचैन म तिम्रो पछ्यौरीमा लपेटिन

अनुरागको वृत्त

सुशान्त पण्डित

गाढा रेखाले कोरेर बनाइएको वृत्त
त्यो वृत्तमा रहेका अनगिन्ती व्यासहरु
र तिम्रो प्रेमरुपी आकर्षणको परिधीभित्र बाँधिएको म
अहो, तिम्रा नयनका ति मोहपुर्ण मुस्ला
परेलीले सजिएका पिलिक पिलिक हुँदै ।

हे प्रियतम म त हराएँ
वैभवपुर्ण मनिने त्यो देवलोकमा
म त हराएँ
उज्यालोको उपज त्यो आभारुपी दिवाकरका किरणहरुमा
म घायल भएँ
तिम्रा निम्ति संगालेर राखेका
भावनाहरुको आक्रान्तबाट ।

बेचैन छु म
तिम्रो पछ्यौरीमा लपेटिन
तिम्रो स्नेहको अनुभव लिन
र तिम्रो त्यो अद्वितीय हाँसोको व्याकुलता झेल्न ।

प्रिय आउन फेरि
त्यही पलहरुको अनुभव दिन
जब तिमी जगतसँग लजाएर
मेरो पिठ्युँपछाडि आफ्नो मुखडा लुकाउँथ्यौ
जब तिमी आफ्ना बोली र वाचाबाट मलाइ मग्न बनाउँथ्यौ ।

प्रिय आउन हाम्रो प्रेमको पथ र गन्तब्यलाई
अझै स्पर्शमय बनाउन
र समाजले हाम्रो प्रेमप्रति राख्ने सोचलाई भष्म पार्न ।

हेर्दैछु झिसमिसेसँगै
तिम्ले मेरो आँगनमा टेकेका पाइलाहरु
सम्झिदैछु रात परेसँगै
बोलिएका तिम्रा मिठा वचनहरु
म तृप्त छु
तिमी अपनाएर
म तृप्त छु
तिम्रो स्थिर मोहको खोलामा पौडी खेल्न
अनि म तृप्त छु
तिमीसँगै बसेर अपनत्वको अर्थ बुझ्न
प्रिय आउ यो वृत्तको ब्यास अझै लम्भ्याऔं
यहि वृत्तको परिधीभित्र
जगतलाई अनुरागको अर्थ बुझाऔं
र बनाउँ एउटा अनुरागको वृत्त ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button