
मुसालाई आलुकाे भाउ थाहा थिएन

लघुकथा: विरूदावली
डा. विदुर चालिसे
युग थियाे, परिवर्तन भयाे । युग आयाे, परिवर्तन गयाे । युग छँदै थियाे । अर्काे युगप्रारम्भ भयाे । मञ्चमा उत्तेजक रूपमा भाषण चर्किरह्याे । सबैले ताली बजाइरहेका थिए । लुसुक्क एक मुसा दुलाबाट फुत्त निस्केर कराउन थाल्याे ।
“बढार्ने हाे ।”
“कसरी बढारिन्छ र !”
“यसमा तर्कै गर्न पर्दैन, बढार्ने भनेपछि बढार्ने, बढार्ने !”
धान खाएर माेटाएकाे मुसा उफ्रिउफ्री कराउन थाल्याे । उसकाे खुट्टा भूईंबाट ब्रुक ब्रुक उफ्रेर सल्बलाउन थाल्याे । मानाैं, साधु झैं तन्त्र मन्त्रकाे लामाे लामाे सास तानेर फुक्दै भन्नथाल्याे ।
“आइजाे, पात्लाङपुत्लुङ आइजाे ।”
दर्शकहरू वाल्ल परेर सुनिरहे । कानमा झड्का परेकाे बेलामा तर्रररर ताली बजाएर मुसालाई झन उफार्न थाले । उफ्रिरह्याे ।
त्यसपछि रणबहादुर अगाडि आएर हात उठायाे । प्रश्न साेध्याे।
“आलुकाे भाउ कति पुग्याे ?”
“ए, ज्या भुसुक्कै !”
मुसालाई आलुकाे भाउ थाहा थिएन । उसले एकाएक आलु साहुलाई सम्झना गर्याे । रणबहादुरलाई आश्वासन दिंदैभन्याे ।
“आलु साहुकाे फाेन भए दिनु न म भनेर घटाइदिन्छु !”
रणबहादुर निलाे पर्याे । उसकाे नाैनाडी गलेर शिथिल भयाे । बाेल्ने शब्द पाएन । पछाडि फर्केर ख्वाक्क खाेक्याे । मुखमा आएकाे खकार थुक्क थुक्याे । निराशाकाे पयरले उसले लामाे सास फेर्याे । थचक्क बसेर सम्झ्याे ।
“नारान शिव बबुराे ।”
उसलाई फेरि, याे अर्काे युगकाे प्रतिनिध पाे रहेछ भन्ने लाग्याे । भ्रम बस उसले भविश्यका सन्ततीकाे बारे चिन्ता गर्न थाल्याे । झुसिलाे डकारले अमिलिएपछि उसले अनुहार निलाे बनायाे । उसकाे अनुहारमा कसैले पनि ध्यान दिएनन् । ओहाेर दाेहाेर चलिरहेकाे समाजमा अर्काे मुसाले फेरि स्व-स्थानी कथा भन्न थाल्याे । स्व-स्थानी कथाका बृध्दले बालिकाकाे हात समातेर कसम खाइरहेका थिए ।
“धराेधर्म गाेमे । अब म पुनर्जन्म लिन्न !”
गाेमा ब्राह्मणनी गर्भपतनकाे विरूदावली गाइरहेकी थिइन् । भन्थिन्, “म कसरी बचाऊ र ? तिमीलाई ।”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)