… अनि साइड लागेँ

विता

पेशल आचार्य

यावत् भोगाइ जानेपछि
थाहा पाएर अनेकन सन्दर्भ र कथाका विषयवस्तुहरु
त्यसैले म बिस्तारी बिस्तारी
साइड लागेँ,

रुचि कहिले
अरुचिमा परिणत भयो
थाहै भएन
सपनाहरु कहिले
वयेलिए हेक्का भएनन्
हिँडिरहेँ बाटाहरु
गन्तव्य कहिल्यै भेटिएनन्
पर्खिरहेँ आफन्तहरु
उनीहरु कहिल्यै आएनन्
कहिले चौतारीमा गएर कुरेँ
कहिले दोबाटोमा गएर बसेँ
आँखा झिमिक्कै नपारी हेरिरहेँ
कोही आएनन्
बोलाउन
झम्झक्याउन
अनि बिस्तारी
साइड लागेँ,

उमेरबाट
आसाबाट
इच्छाबाट
जिम्मेवारीबाट
खुसीबाट
केही राहत नभेटेपछि
अनि म
साइड लागेँ,

हरेक मानिसको नियति यही हो
कि ऊ क्रमैसँग
नातागोताहरुबाट
आफन्तहरुबाट
जिगरीहरुबाट
क्रमैले
साइड लाग्दो रहेछ,

आज आफैँले भोगेपछि
बल्ल थाहा पाएँ
कि मानिस
कसरी साइड लाग्दो रहेछ ।

…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button