
जो जो बलिया छन् नि उनैलाई चाहिने धेरै
पवनकुमार बुढाथोकी
विश्वास कसैको पनि गर्न नसकिने भयो
आफैलाई पनि सन्तोष पार्न नसकिने भयो ।
जो जो बलिया छन् नि उनैलाई चाहिने धेरै
गरिब गुरुवालाई त्यो नै सार्न नसकिने भयो ।

बलिया बलिया नै एक मुख पारेर बसे त
गरिबहरूको गरिबी तल झार्न नसकिने भयो ।
नाइकेहरूका नै आँखा सुबिधामा भैदिएर
लोभ लालच र स्वार्थ मार्न नसकिने भयो ।
निमुखाहरुका भोक, प्यास र छटपटाहट
हरामीहरुले गर्दा हाम्रोमा टार्न नसकिने भयो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)