नजरबन्दमा संविधान !

कविता

पेशल आचार्य

कत्रो आशा पालेका थिए
जनताले संविधानसँग
जादुको छडी हो यो
पाएपछि देशै बद्लिन्छ
संसारै फेरिन्छ
तर निरीह संविधानले
गाँस, बास र कपास भन्न पनि सकेनछ
संविधानलाई
स्वास्थ्य, शिक्षा र सुरक्षाको पर्याय
बन्न पनि दिइएनछ
नित्य नवीन
आफू अनुकूल
सुकिला मुकिलाहरूको
‘रखेल’ बनाइएछ
हाम्रो संविधान,

कानुन बन्ने विधेयकमा ग्रिज नभएर
जाममा परेको छ
संविधान
न्यायलयकै अभिभावकलाई
जबर्जस्त नजरबन्दमा राख्दै
गुमनाम बनेको छ
संविधान,

कसैको विश्वास छैन
संविधानप्रति
न बनाउनेहरूको
न लागूगर्नेहरूको,

कसलाई दिऊँ
यो फोस्रो शुभकामना !
कस्ले लिन्छ र यो
ढोँगको शुभकामना !!

कठै ! संविधान दिवसकै
चकाचौंधमा
निरीह छ
मेरो संविधान !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button