नियतिअघि के गल्छ दाल जिन्दगीको

मञ्जुभाषिणी

अचेल कस्तो कस्तो छ हाल जिन्दगीको
थकित, विचलित छ चाल जिन्दगीको ।

आँखाका सपना बिपनाले लुटेपछि
बिग्रियो अतालिएर ताल जिन्दगीको ।

नसोचेको भयो, नहुनु थियो, भो त्यही
नियतिअघि के गल्छ दाल जिन्दगीको ।

आमाको साथ प्यारो दु:खको घट्ट घुम्दा
देश छोड्ने बुझिएन जाल जिन्दगीको ।

घरबारमा बद्लियो कि प्रियाको प्यार
खाडीमा रोई बित्दैछ साल जिन्दगीको ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button