छ त कोहि देश दुखेको देख्ने, मनले देखेको लेख्ने ?

चुनावमा जाने हो

टंक सुवेदी

अगेनाको डिलमा आगो तापिरहेकी आमा
चिच्याएर कराउदै बाहिर निस्किइन्
छातीको गह्रौ भारी दुखित आवाजमा
निरासासहित कड्किदै बिसाइन्
छ त कोहि देश दुखेको देख्ने
मनले देखेको लेख्ने
आमाको दुख
बाबाको निधारको धर्को
भ्रस्टाचारको गन्ध
नारीमाथिको शोषण
भबिस्यको कालो बादल
वर्तमानको पीडा
तुरुन्तै मेट्न सक्ने ?

चुपचाप आखामा सपनाहरू टोलाइरहे
सानो भाइ ठुलो झोला बोकेर बाङ्गिदै गयो
उज्ज्वल भविस्य झोला नबोकी आउँदैन रे
बहिनी कुचोले भुइँमा भविस्य खोज्न थाली
छिमेकी केटाकेटी गीत गाउँदै निक्ले
यहि डाडु यहि पन्यु
रातदिन कुटो कोदालो
मेलापात, खाजा र भात
घर र पँधेरो
सबै सबै यहाँ
किन किन अधेरो
छोरा र छोरी
को असल साथी ?

बाको फुर्सद छैन रेडियो सुन्दैछन्
दाजु दुखित छ क्यारम हार्यो रे
बाले रेडियोमा सुनेछन चुनावको
छेउछाउमा हल्ला सुनियो
चुनावमा जाने हो
एम्बुलेन्स चढेर
मासुभात त खाने हो
कहिले के भाथ्यो र
यो पाली नि
त्यसै जानेभो
के पो हुन्छ र
भेडाको जिन्दगी ?

आमा फेरि झन चर्को कराइन
ठुली छोरी कता हराइ कता खोज्नु
चीत्कार र बलात्कार
खान लाउन देला भन्दा
पाँच बर्ष घरीघरी गन्दा
कर बढायो
डर बढायो
न्याय माग्न
कर गरायो
विजय र विरोध
जिन्दावाद मुर्दावाद ।

दुखेको टाउको समाउँदै फेरि कराइन्
हिमाल सुक्दैछ, युवा विदेशमा लुक्दैछ
स्वभिमानी देशको शान झुक्दैछ
जनताभन्दा नेता धेरै
जो गरीब शत्रु उसकै धेरै
भोक सधैं लाग्छ
चुनावको भात के गर्नु
आम्दानी कम
खर्च बढी
न सुरक्षा
न लेखापढी
अब के गर्नु
भोट हाल्न बाँचौ
या यसै मर्नु ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button