
रुबिनाको परिकल्पनामा हाम्रो समाज
हाम्रो परिकल्पनाको समाज
रुबिना आचार्य
भोकभोकै कोहि पनि मर्न नपरोस्,
सामान्य शिक्षाबाट कोहि टाढिनु नपरोस् ।
स्वास्थ्य सबैको पहुँचमा होस्
अकालमा मृत्यु कसैको नहोस् ।
समानतासाथ सबैले बाँच्न पाओस्
एउटाको अधिकार सुनिश्चित गर्दैगर्दा
अर्कोको अधिकार हनन् नहोस् ।

छोरीचेलीहरु घरभित्र र समाजमा सुरक्षित हुन्
महिला र पुरुष समान हो भन्ने
घरका पुरुषहरुको मानसपटलमात्र होइन,
व्यवहारमा पनि लागु होस् ।
एकल महिलाहरुलाई हेर्ने दृष्टि बदलिओस्
बृद्ध बाबुआमाले बृदाश्रममा जानु नपरो्स् ।
आफ्नो रितिथिति, परम्परा अंगालेर अघि बढोस्,
अरुको देखासिखी, रिस, इर्ष्या, डाहा नगरी
आफ्नो जीवन र खुसीलाइ प्राथमिकता दिन सकोस् ।
यस्तै यस्तै अनेकौं सामान्यभन्दा पनि सामान्य कुराहरु
पुरा भएर एउटा सुन्दर समाज होस्
जहाँ सबैले खुसीखुसी जीवन यापन गर्न सकोस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)