
मन हराएको छ मेरो
मञ्जु श्री पौडेल
आज मौसम बदलिएको छ कि
मन तँ अध्यारोले थुनिएको छकि,
भन, मेरो मन तिमी कहाँ बसेछौ ?
कसको बन्धनमा कसरी फसेछौ ?
मेरो मन छैन मसँग केबल शरिर छ
अरु छैन मलाई मनको मात्र याद छ्,
अत्तालिदै खोज्छु मन तिमी कहाँ गयौ
भौतारिँदै हिँड्छु भन मन तिमी कहाँ गयौ ?
म कति झोक्राउँ सधैं मनको पिरमा
म कत्ति ठटाउँ मेरो आफ्नै शिरमा,
प्यास छैन, भोक छैन लौ अब मलाई
मन त हरायो शरिर देऊ जलाई ।
आजसम्म यो मन भेटिएको छैन
लाग्छ ऊ पक्कै वनको शिकार होइन,
थाकिसकेँ अब म मेरो मन खोज्दा
अन्तिम हुने भो जीवन मनलाई रोज्दा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



