यसैउसै चिनिएकी प्रतिभालाई झनै चिनाउने ‘मेरो पहिचान’

साथी शर्मा

प्रतिभा सुवेदीकृत ‘मेरो पहिचान’ सार्वजनिक भएको छ । यसैउसै चिनिएकी प्रतिभालाई यो पुस्तकले अझ गहिरो गरी चिनाउनेछ ।

‘पुस्तकमा सुखद प्रसंगमात्र छैन, भावुक बनाउने अनुभवकथा पनि छन्’, बरिष्ठ साहित्य पत्रकार नगेन्द्रराज शर्माले भने । सुवेदी सामाजिक गतिविधिमा जस्तै पुस्तक लेखनमा पनि अब्बल सावित भएको संस्कृतिविद् प्रा. डा. वीणा पौडेलले बताइन् । पुस्तक सबै उमेर समूहका पाठकका लागि पठनीय रहेको समालोचक चन्द्रप्रसाद भट्टराईले बताए ।

‘मेरो पहिचान’ सुवृदीको लामो सामाजिक जीवनका अनुभवको सार हो । र, महिला पुरुष समविकासका लागि उनको योगदानको मीठो दस्तावेज हो यो ।

पुस्तक नारी चेतना केन्द्र नेपालले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ५ सय रुपियाँ छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button