
हर्कबहादुरको रेडियोरिता नयाँ दिल्लीमा
नयाँ दिल्ली । हर्कबहादुर लामगादे ‘रोहित’को कथासङ्ग्रह ‘रेडियोरिता’ सार्वजनिक भयो ।
दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा हाम्रो स्वाभिमान ट्रस्टद्वारा आयोजित गरेको भव्य तीज महोत्सव कार्यक्रमा मुख्य अतिथि बिमल गुरुङ, भारतका लागि नेपालका राजदुत डा. शंकर शर्मा, भाशाविद् विष्णु गुरुङ, भाषा संग्रामी उत्तम क्षेत्री, साहित्यकार धर्मराज थापा एवम् हाम्रो स्वाभिमानका पदाधिकारीका हातबाट लोकार्पित भयो । ‘रोडियोरिता’ सङ्ग्रहमा समावेश भएका कथामा महिला शसक्तिकरण, महिला स्वतन्त्रता एवम् समकालीन कथावस्तु रहेको कथाकारले बताएका छन् ।
रेडियोरितको प्रकाशन अम्बर पब्लिकेशले गरेको हो भने लोकार्पण समारोहको आयोजना हाम्रो स्वाभिमान ट्रस्टले गरेको हो। ‘रेडियोरिता’ भारत एवम् नेपालको बजारमा अफलाइन साथै अनलाइनमा उपलब्ध रहनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)