तिमी नै बाबा, तिमी नै आमा, तिमी हौ ईश्वर पनि

कविता

मुना भण्डारी

हे बाबा, तिमीले हुर्कायौ, बडायौ
आफ्नै ज्यान धितो राखी
बिरानु ठाउँमा घुम्दै छु अहिले
तिम्रै आशिर्वाद थापी ।

साथमा रहुन्जेल चुकिन कहिले
खुशी सम्मान दिन
समुन्द्र पारी छु दोबाटो नहेरे
कुसे औंशीका दिन ।

तिमी नै बाबा, तिमी नै आमा
तिमी हौ ईश्वर पनि
म फर्किआउँदा केल्याइदिउँ उपहार
सोध्दै छु बाबा भनी ।

म छोरी भएर त्यो शीतल छाँयाको अर्थै
कहाँ भुल्थें र
बाबाको आशिर्वाद नभए शिरमा
म कहाँ फुल्थें र ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button