
म दिल, तिमी धड्कन
तिमी र म
अच्युत मान सिंह प्रधान ‘उत्सुक’
म गीत भए, तिमी संगीत
म स्वर भए, तिमी लय
म आकाश भए, तिमी तारा
म सागर भए, तिमी पानी
म दिल भए, तिमी मेरो धड्कन
तिमी बिना सक्दिन म, जिउन
तिमी बिना सक्दिन म, बाँच्ने कल्पना पनि गर्न
तिमी बिना हुन्छ, मेरो जीवन शुन्य
तिमी बिना हुन्छु म, पानी बिनाको माछा
तिमी बिना हुन्छु म, स्वर बिनाको आवाज
तिमी बिना हुन्छु म, रुप बिनाको सौन्दर्य
तिमी बिना हुन्छु म, अक्षर बिनाको शब्द
तिमीलाई मैले चाहे, तिमीलाई मैले रोजेँ
तिमीसँग जीवन बिताउने सपना मैले देखेँ
तिमीसँगै जीवनको यात्रा गर्नै प्रण मैले गरेँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



