
चुनाव: यी झेलीका तान कान !
चित्रबहादुर के सी तिमिल्सिना ‘अकेला’
हिजो थिए जनता अनजान-!
भोला-भाला सिधा-साधा थिए जनता,
गाउनु पर्थ्यो नेताको गान,
चुक्क बोल्न सक्दैनथे अन्याय अत्याचारमा,
बनाई दिन्थे मसान !
कति दुःख कष्ट झेले ती निरीह जनता,
उनकै वाणी थियो महान्,
टाठा बाठा फटाहाको दीवाली थियो,
हिजो थिए जनता अनजान !
गर्नु पर्थ्यो उनकै गुण गान-!
कति भाँति लाउन सकेका फुर्ति हेर न !
लाज पचाई जानाजान,
सर्वत्र चलेको थियो उनकै हैकम,
कतै विमति जनाए हुन्थ्यो हानाहान,
दल-दल पक्षका थिए लठैतहरु उनैका,
गर्दथे टन्न मदिरा जलपान,
गाउँ र टोल सबै एकत्र पार्दथे वाध्य बनाई,
गर्नु पर्थ्यो उनकै गुण गान-!
बढ्यो अतिनै शान मान-!
कसैले टुइन मुक्त पार्ने भए देशमा,
चुल्होमा ग्यास पुगाउने दिए शान्,
बिरामीको सहयोगमा आएको औषधीमा पनि,
कमिशन खाए जानाजान !
न्याय हरायो मिसाइयो राजनीति,
बिकास कार्य व्यवस्था उनै उनैको ठान,
जहाँनीया शासनको पुनरागमन नाता गोताको,
बढ्यो अतिनै शान मान !
यी झेलिका तान कान-!
किन रुन्छस् मंगले आफ्नै ढंगले साकार हुने भो,
अतितको यो उखान,
सकिएन महाराज पथ्थरकला थाम्न यिनलाई,
उस्तै हुंदै गयो वर्तमान !
हानिसकेका छन् यिनले आफ्नै खुट्टामा बन्चरो,
देश डुबाउनेमा छ ध्यान,
हे जनता ! नङग्याउँनु पर्छ चुनावमा यिनलाई,
यी झेलीका तान कान !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



