प्रत्येकले पढ्नैपर्ने ‘पीडितशास्त्र’

रामेश्वरी पन्त

संवैधानिक इतिहासमा विश्वमै पहिलो पटक अपराध पीडितको हकलाई मौलिक हकको हैसियत दिलाउँदै नेपालको संविधान २०७२ को धारा २१ मा राख्न अथक संघर्ष गर्दै महत्वपूर्ण योगदान पुर्याउनु भएका वरिष्ठ अधिवक्ता डा. शंकरकुमार श्रेष्ठको पुस्तक ‘पीडितशास्त्र’ न केवल कानुनका विद्यार्थीलाई उपयोगी छ, यो त आम नेपाली नागरिकले पढ्नुपर्ने पुस्तक पनि हो ।

पुस्तकमा अत्यन्त सरल तथा मार्मिक भाषामा अपराध पीडित भनेको के हो ? अपराध पीडितको हक भन्नाले के के बुझिन्छ ? अपराध पीडितप्रति राज्यको भुमिका के हुने ? नेपालको सन्दर्भमा अपराध पीडितका कानुनी र संवैधानिक अधिकार के के हुन् ? नेपालमा अपराध पीडितप्रति राज्यको व्यबहार र दृष्टिकोण कस्तो रहेको छ ? आदि विषयमा प्रष्टसँग लेखिएको छ ।

‘अपराध पीडितको हक’को स्वामित्व ग्रहण गर्न पाउनु सम्पूर्ण नेपाली र नेपाल राष्ट्रकै गौरवको विषय भएको अनुभूत भएको छ । यसको लागि लेखक श्रेष्ठप्रति समस्त नेपाली कृतज्ञ हुनैपर्छ । ‘पीडित न्याय प्रणाली’लाई नेपालको कानुनमा स्थापित गर्न अग्रणी भुमिका निर्वाह गर्नुभएका लेखक श्रेष्ठले अपराध पीडित महिलाको हकको लागि खेल्नुभएको भूमिकाप्रति एक महिला भएको नाताले पनि हृदयदेखि नै कृतज्ञता प्रकट गर्दछु ।

पुस्तक पैरवी प्रकाशनले छापेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button