अचानक मलाई यमराजले चिठी पठाए

कविताः यमराजको चिठी

अन्जना पौडेल ‘अनुश्रुति’

म एक
साधारण परिवारकी नारी
जीवन गुजारा गर्दै थिएँ
बच्चालाई हुर्काउँदै थिएँ
जसोतसो जिन्दगीलाई
हिडाउँदै थिएँ

अचानक
मलाई यमराजले चिठी पठाए
मेरो फोक्सोभरी पानी भरियो
स्वास फेर्न गार्हो भयो ।

तिखो
सिरिन्ज गाडेर ढाडमा
पटक पटक पानी निकालियो
ओखतीमुलो कति गरियो गरियो ।

बीसको उन्नाइस हुन सकेन
धेरै बर्षसम्म
म छट्पटाउँदै छट्पटाउँदै
सुन्निएको शरिर
दुखेको मन लिएर
काम गरिरहेकी थिएँ ।

आमाको काख
साथीसंगीको साथ
छट्ला कि भन्ने पिर
सन्तान टुहुरा होलान्
भन्रे डरैडर
भौतारिँदै हिडिरहेकी थेँ ।

अचानक भेटेँ दिर्घायु जीवन बाच्ने कलात्मक बाटो

गरेँ
आफ्नो रोगको उपचार
अनि यमराजले पठाएको चिठी
धुजाधुजा पारेर च्याति दिएँ
अनि
फिर्ता पठाइदिएँ ।

आज म
दिर्घायु जीवन बाँच्ने आशमा
हाँसिरहेकी छु
बाँचिरहेछ छु
नाचिरहेकी छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button