
साग–सिस्नु खान्छु आमा तिम्रै काखमा फर्की
लक्ष्मी मैनाली पाठक
रहरहरु कति बोकी पसेको म शहर
सङ्गालेर मनैभरी हजारौं ती रहर
परदेशको पीडा प्यारी कति बयान गरुँ
संघर्षका यी मैदानमा खै कसरी लडुँ ?
सपनाका महलहरु कति कति सजे
मरुभुमि बालुवाका मृगतृष्णा बने
पहाडको भिर बारी साहुको नाममा थाती
सिङ्गो सपना टुक्रिसक्यो के रह्यो र बाँकी ?
आकाशले थिच्यो आमा सिङ्गो तिम्रो आशा
न खानेको ठेगान भयो न बस्ने छ बास
सोचे जस्तो किन हुन्थ्यो यो बिरानो धर्ती
साग सिस्नु नै खान्छु आमा तिम्रै काखमा फर्की ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)