गल्ती सबै तिम्रो थियो, ममाथि औला उठायौं किन ?

संजय महतो
बाह्रदशी-३, झापा (राजगढ)

नआउनु तिमी आईहाल्यौ
फेरि छोडी जानु किन
नलाउनु माया लगाईहाल्यौ
तोडि मुटु रूनु किन ।।

पहिलो हेराइ मेरो थियो
तर्किदै तिमीले नि हेर्यौ किन
रोजाइ तिम्रो अर्कै थियो
मस्किदै माया भनि बोलायौ किन
नआउनु तिमी आईहाल्यौ
फेरि छोडी जानु किन
नलाउनु माया लगाइहाल्यौ
तोडि मुटु रूनु किन ।।

सुख लुकाई आफुसँग
दुख सबै सुनायौ किन
धेरै होलान् तिम्रा अघिपछि
मलाई नै छान्यौ किन
नआउनु तिमी आईहाल्यौ
फेरि छोडी जानु किन
नलाउनु माया लगाइ हाल्यौ
तोडि मुटु रूनु किन ।।

टाढिनु नै थियो मसँग
व्यस्तताको बहाना देखायौ किन
गल्ती सबै तिम्रो थियो
ममाथि औला उठायौं किन
नआउनु तिमी आईहाल्यौ
फेरि छोडी जानु किन
नलाउनु माया लगाइ हाल्यौ
तोडि मुटु रूनु किन ।।

जान्छौ जाउँ टाढा मदेखि
मरिहत्ते गर्नु म मात्रै किन
स्वतन्त्र सँगै अब हाँस तिमी
बन्धनमा सधैं तिमी बाच्ने किन
नआउनु तिमी आई हाल्यौ
फेरि छोडी जानु किन
नलाउनु माया लगाइ हाल्यौ
तोडि मुटु रूनु किन ।।

हाँसो देख्न पाउँ अब तिमीमा
म एक्लै सधैं हास्ने किन
सजिलै तिमी भुल्न सक्छौ
म तिमी जस्तै बन्ने किन
नआउनु तिमी आईहाल्यौ
फेरि छोडी जानु किन
नलाउनु माया लगाइ हाल्यौ
तोडि मुटु रूनु किन ।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button