बीचमा साथ सबै अधुरो

कविता

मछिन्द्र आचार्य

एक्लो छ धरती र जुन, एक्लै छ घाम पनि
एक्लो छ सगरमाथा अनि माथिको सगर पनि
एक्लै हुन्छ जनम, बीचमा भेटिने फगत चौतारो
एक्लै अल्पनु छ सारमा, बीचमा साथ सबै अधुरो
टिलपिल टल्कने आकाशमा, छन् अनेकन तारा
एक्लै छन् सारमा अडेका तर प्रकाश छर्छन् सारा ।

एक्लो हुनु कसरी कम हुुनु हो, पूर्ण हुनु बरु
भीड अन्धो, जमात बुद्ध, एक्लो हो श्रेष्ठ बरु
एक्लो कोष, एक्लो धरा, एक्लै छ ब्रम्हाण्ड अनि
एक्लै छन् ब्रम्हा, सर्जक सबका, एक्लै छ नभ पनि
एक्ला हुँदा ज्ञानी बुद्ध भए, एक्लै थिए एकलब्य पनि
आफैभित्र पस्न सहज हुने, एक्लो हो भाग्यमानी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button