
रोशनीको ‘एकादेशको कथा’
कविता
रोशनी कटवाल
हलचल मलचल नभएको स्थिर जिन्दगीमा आइदिन्छ
तिम्रो रातको निन्द्रा अनि दिनको आनन्द खाइदिन्छ
हजारौंको भिडमा उस्को सरोजमा परेकी तिमीलाई
अत्तो पत्तो नदिइ एकादेशको कथा भइदिन्छ ।
छेउ न टुप्पोको सम्बन्ध खोज्दै तिम्रो मन बिरामी भैदिन्छ
ऊ भने येस्ता कयौं बिरामी मनको उपचार गर्दै हिँडिदिन्छ
एक दिन त आउला कि भन्ने आशामा बस्छेउ तिमी
ऊ भने दोहोराएर सुन्न नसकिने एकादेशको कथा भैदिन्छ ।
मासिएका रातका निन्द्राले तिमीलाई अस्तव्यस्त बनाइदिन्छ
ऊ भने मलमपट्टि बोकेर अरु बिरामी मन खोज्दै हिँड्छ
लाटाले पापा हेरे झैँ हेरेर बस तिमी
तिमीलाई लोप्पा ख्वाएर एकादेशको कथा भइदिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




लक्ष्य
पहिलो पाइला नचाल्दै
यात्राको भुमरीमा अड्केकि छु
मेहनतको खाँचोले होला
अझै अन्जान छु म मेरो लक्ष्यदेखि।
देखेका सपना पुरा नहुने पो हो कि
बाआमाको पसिना उसै खेर जाने पो होकि
सोच्दा टाउको दुखछ्
अजै अन्जान छु म मेरो लक्ष्यदेखि।
भुमरीबाट छुट्कारा त पाउला म
तर कार्य गर्ने क्षमता पो नहुने हो कि
गरि कसरी खाउँला म
इच्छा शक्तिनै मरेसि
अजै अन्जान छु म मेरो लक्ष्यदेखी।
गन्तव्य सामुन्ने आउँला
क्षमता टाढा जाला
पुर्ण हुँदा नपाउदै चकनाचुर होला
अझै अन्जान छु म मेरो लक्ष्यदेखि।।
Really soothing xa ekdamai man paryo????????????