त्यो गुलाव त सायद मेरो भाग्यमा नै छैन

संजय महतो
बाह्रदशी–३, झापा (राजगढ)

काडैँकाँडा बीच गुलाव देखेँ
त्यसलाई टिप्न भनी उमंग कसेँ
सुर्किदै हात काँडा बीच पसेँ
रगतमय भयो हात
अनि घाइते भयो शरिर
न त भाग्न नै सकेँ
न त त्यहाँ नै बसेँ ।

भागौँ त गुलाव पाइन्न
बसौँ त साहस छैन
अनि एक छिन मनमनै सोचेँ
त्यो गुलाव त सायद मेरो भाग्यमा नै छैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button