बुझी छोरीको मर्म बढारी फ्याकौँ कुकर्म

रामनरेश झा ‘दौलतपूरे
रङ्गेली-६, स्कुलटोल, मोरङ

सुन है आमा सुन है बाबा छोरीको पुकार,
छोरीको जातको देखिदैन आजीवन सत्कार ।
नगर भेदभाव छोरा र छोरीमा नगर तिरस्कार,
छोरसरह हामीलाई पनि मान, नगर अपमान ।।

भनिन्छ छोरीको जन्म हारेको कर्म,
उनले नै राख्नुपर्ने कुलको धर्म ।
बुझी छोरीको मर्म बढारी फ्याकौँ कुकर्म,
समान हक दिई गरौँ मानवीय सत्कर्म ।।

छोरी हौँ हामी तिम्रै सन्तान, दुबैमा राखौँ सदविचार,
पत्नीको रूपमा हे पतिदेव प्रेमले गर स्विकार ।
दुस्खमा सुखमा रात र दिनमा मान्छौँ तिम्रै विचार,
विन्ती छ है सासू-ससुरा, नन्द र देवर नगर अत्याचार ।।

कर्मको खेल खेल्न आएको हामी यो पृथ्वीमाहा,
नन्दको रूपमा छोरी नै हौ नगर कामकाजको डाहा ।
दाइजोको लोभमा हे सासू आमा नगर सुख स्वाहा,
यो जुनी फेरी जानुपर्दा के लिएर जान्छौ कहाँ ।।

जीवनभरी सँगै हुन्छु कुनै न कुनै रूपमा,
छोरी, दिदी(बहिनी र आमाको स्वरूपमा ।
के रात(दिन, के घाम(पानी, के मेलापातमा,
नगर हेला, मन छोटो नपार छोरीको जन्ममा ।।

छोरीबिना जगको सृष्टि नै रोकिन्छ, भनी जान,
पुरुषको अस्तित्व छ नारीबाट नै मान ।
छोरीमाथिको व्यभिचार त्याग, नदेखाउ व्यर्थको सान,

धिक्कार छ ती पुरुषमाथि जसले देखाउँछ अभिमान ।।
बग्दछ रगत हामीमा पनि, हुन्छ हाम्रो पनि मन,
नबन मूर्ख, दायित्व बिर्सी नगर दमन ।
नगर रिस, नगर डाहा, यी सबैको गर शमन,
सोची र सम्झी तथ्य कुरा, न चुँडाउ छोरीको मन ।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button