
फूललाई के थाहा भोलि मन्दिर हो कि चिहानीमा ?
चिरञ्जीवी काफ्ले
रंगेली-९, दोहमना
लठ्ठै पार्ने वैंशको माद आएछ यो जवानीमा
सुन्दै जिब्रो पड्काउनु के मजा छ कहानीमा !
धेरै सुन्दर नबनी देऊ नजर सबको कता कत
फूललाई के था भोलि मन्दिर हो कि चिहानीमा !
मन बुझाउने ठाउँ छैन लोभी नजर यता उता
सबै आफ्नो गति लिन्छन् छिटै उठी बिहानीमा !
स्याउ हुन कि रस झर्ने गाला तिम्रा जता तता
ढल्की हेरी रहूँ लाग्छ काख तिम्रो सिरानीमा !
पर्दा मुहारमा लगाउ घामले कालो बनाउला
आउ संगै आराम गरौं केही छिन ओछ्यानीमा !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




AWESOME LINES GURU JI….!!!!!!