
मलाई जलाउन दाउरा थपिएको हो कि दाउरा जलाउन मलाई ?
सागर कडरिया
झापा
जल्दै गर्दा
मलाई जलाउनेहरु
मलाई ताप्दै थिए
मेरो जलेको शरीरको
रापमा ताप लिदै
फलाक्दै थिए–
ए हेर न
कस्तरी जलेको !
मलाई जलाउन दाउरा थपिएको हो कि
दाउरा जलाउन मलाई थपिएको हो
म र दाउरा दुवै अन्जान छौं
तर मलाई थपे पनि दाउरालाई थपे पनि
जलाउनेको उद्धेश्य एउटै थियो
दाउरा र मलाइ दुबैलाई खरानी बनाउँदै
रापको ताप लिनु थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



