
साधक हुँदा लेखिएको कविता
एक साधक हुँदा लेखिएको कविता हो यो । एक साधकले अनेकौं साधना गर्छ र अन्त्यमा अड्किन्छ ‘म’ मा । त्यहि ‘म’ जो एकछिन आउँछ र एकैछिनमा हराउँछ ।
म छैन भने ?
लक्ष्मण खतिवडा
जोरपाटी, काठमाडौं
म एकछिन हराउँछु
म एकैछिनमा आउँछु
एकछिन, सबै झुट लाग्छ
एकछिन, सबै भूत लाग्छ ।
म एकछिन मर्छु
म एकैछिनमा पलाउँछु
एकछिन, सबै साँचो लाग्छ
एकछिन, सबै हाँसो लाग्छ
म एकछिन हराउँछु
म एकैछिनमा आउँछु ।
छाम्छु, म कतै छैन
छोड्छु, म जताततै छु
म छु भन्दा म छैन
म छैन भन्दा म छु
म छु भने त मर्छु !
म छैन भने ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



