गुणन गरिदियौ अहंकारको पर्खालहरुले, भाग लगाइदियौ कायरता बराबर

कविताः नतिजा

कल्पना जोशी

तिमीले आफै जोड्यौ
सम्बन्धका भूगोलहरु
बिस्तारै घटाउँदै गयौ
मर्यादाका सिमारेखाहरु
गुणन गरिदियौ अहंकारको पर्खालहरुले
भाग लगाइदियौ
कायरता बराबर ।

सोच त
म जस्तो गणितमा कमजोरले
यी नियमहरुको
यसरी नै
मनोमानी प्रयोग गरिदिए,
नतिजा शून्य आउँथ्यो
या अझै भयानक ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button