
मनः बेचैन छ, चन्चल छ, अस्थिर छ
अच्युत मान सिंह प्रधान ‘उत्सुक’
बैचैन छ मन
चन्चल छ मन
अस्थिर छ मन
न छ रातमा निद
न त छ दिनमा चैन
न छ भोक
न त छ प्यास
यसो गरु हुँदैन
उसो गरु पनि हुँदैन
औल्टे पर्छु हुँदैन
कोल्टे पर्छु पनि हुँदैन
उठ्छु हुँदैन्
बस्छु पनि हुँदैन
मन उड्छ, चङ्गा उडे जस्तै माथि माथि
आकाशलाई छुन खोजे झै गरी
सम्हाल्न खोज्छु, मनलाई कति
तर सक्दिन, कसै गरे पनि
हैन हिजो आज यो, के भई रहेछ ?
बुझ्ने प्रयास गरेँ, कति कति ?
तर किन किन बुझ्न सकिन
यो मनलाई के भई रहेछ ?
आखिर, मानिसको त मन हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)