
बैगुनी तन्त्र तिम्रो त्यो ऋचा र मन्त्र
सोम्नु राई
मायालु तिमी त सिकारी रै छौ
जालझेल गर्ने भिखारी रै छौ
मनको एकसरो कुना दुखाइ गयौ लौ सुन
मायामै पर्यो भिखारी, रै न छौ तिमी मनकारी
माया रै न छौ तिमी मनकारी ।
खाएको कसम नि तोड्यो आफैले
दोबाटोमा पनि छोड्यो आफैले
बैगुनी तन्त्र तिम्रो त्यो ऋचा र मन्त्र
भार भो माया भार भो सत्य कसम
रै न छौ तिमी मनकारी
माया रै न छौ तिमी मनकारी ।
ढाट्यो आफैले, छल्यो आफैले
दोष पनि आफै लगायो माया
मनको एकसरो कुना दुखाइ गयौ
लौ सुन, रै न छौ तिमी मनकारी
माया रै न छौ तिमी मनकारी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



