भेटिनु मात्र होइन, मेटिनु पनि त हो माया

हाम्रा पदचापहरु मेटर हिडे

रविन्द्र केसी

अनयास
तिम्रो आँखामा फुलेको थिए
तिमी मेरो मनमा फुलेकी थियौ
झर्नु नियति हाम्रो
तिमी यी आँखाबाट झरिरह्यौ
म तिम्रो आँखाबाट सधै बगिरहेँ ।
एकैदिन
उम्रियौ र अंकुरायौ हामी
तिमी सुनाखरी जस्तै भएर फुल्यौ
म पनि लालुपाते जस्तै भएर फुलें
उजाडिनु नियती हाम्रो
तिमी समयको आँधिमा परेर उजाडियौ
म आफ्नै भाग्यको कपटि खेलमा परेँ ।
सपनाहरु उस्तै थिए हाम्रा
तिमी आँखाको नानीमै राखिराख्छु भन्थ्यौ
म यी नजरमै तिमीलाई सजाउन चाहन्थेँ
झर्नु नियति हाम्रो
तिम्रा सपनाहरु विपनासम्म नपुग्दै झरे
मैले बाटो पहिल्याउनु अघि नै दृष्टि गुमाएँ ।
एउटै सोच थियो हाम्रो
भेटिनु मात्र होइन, मेटिनु पनि त हो माया
पाउनु मात्रै होइन, गुमाउनु पनि त हो माया
मेटिनु नियति हाम्रो
तिमीले चुपचाप रहरकाका आकृतिहरु मेटेर गयौ ।
मैले यात्रामा बनेका ती हाम्रा पदचापहरु मेटेर हिँडे ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button