म सहअस्तित्व हुँ

कविता

पुगेन वानेम फागो

अस्तित्व+अस्तित्व= सहअस्तित्व
म सहअस्तित्व हुँ

दुनियाँ खोजे
पाइन आफुलाई

खोजे आफैमा
भेटे तिमीलाई

खासमा मैले
म मात्रै
भन्नु त
म नरहनु
म भ्रम
हुनु रैछ

जब जब
झन झन
मैले म
भन्न छाडेर
म आफैलाई
विलोप
गराएर
मैले मलाई
तिमी भन्नु
मैले मलाई
तिमी ठान्नु
सायद
मेरो
अस्तित्व
बाँच्नु
म हुनु रैछ

त्यसैले त
आजकल
म आफुलाई
म भन्दिन
तिमी भन्छु
गन्नै परे
पनि आफुलाई
म गन्दिन
तिमी गन्छु
अब एउटै
संकल्प छ
यो जीवन
समर्पण छ
बन्नै परे
पनि म
म बन्दिन
तिमी बन्छु

तब मात्रै
म यो
ब्रम्हाण्डको
अस्तित्वमा
म रहन्छु
म सहअस्तित्व हुँ !

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button