
मेसेज, फोन आउँदैन भन्ने थाहा हुँदाहुँदै पनि मोबाइल चेक गरिरहनु मेरो कमजोरी
कविता
सोनिका अर्याल
अचम्मको चीज रहेछ यो आस भन्ने पनि
आफूमा भन्दा बढी अरूमा लाग्ने
अरूले आफूले सोचेको जस्तै त कहाँ गर्दछन् र
अनि सधैं निरास हुनु पर्ने
उसको मेसेज आको छ कि भनेर
म घरी घरी मोबाइल हेर्थें
तर उसको मेसेज र कल केही आएको हुँदैन थियो
मेसेज, फोन केहि पनि आउँदैन भन्ने थाहा हुँदाहुँदै पनि
मोबाइल चेक गरिरहनु मेरो कमजोरी नै हो
उसलाई मेरो केही मतलब छैन
त्यो थाहा हुँदाहुँदै पनि मोबाइलमा कल आउँछ कि भनेर कुरेर बस्थेँ
केही नोटिफिकेसन आउँदा पनि उसैको हो कि भन्ने जस्तो लाग्थ्यो
मान्छे हो, आस लागिहाल्छ
आशा कसैबाट नराख्नु
अक्सर आशा गरेको मान्छेबाट निरास हुनूपर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



