न चुराले सजिन मन छ, न लगाउनु छ हरियो सारी

लक्ष्मी मैनाली पाठक

नलत्रिउन् सारी लत्रे सरी
सजिनु छ तिमी शिरै भरी
चुरा फुटे सरी नफुटुन् सम्बन्ध
रहनु छ हरपल हृदय भरी
देखावटी बहाना गर्नु छैन
सन्तुष्टिको पुजा गर्नु छ मलाई
आत्माको भगवान मारेर
मन्दिर चाहर्नु छैन मलाई
भोको बसेर लम्ब्याउनु छैन
भएको तिम्रो आयुलाई
विश्वासले शिखर चुम्नु छ यहाँ
कर्ममा निर्भर गर्नु छ मलाई
न चुराले सजिन मन छ
न लगाउनु छ हरिया सारी
सजिनु छ त जीवनमा तिम्रो
मन र मुटुमा सधै भरी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. Laxmi ji tapai ko kabita jhatta sunda uttam lagcha tara , 1 2 ota thula galti haru chan , ti testa galti hun ki ma yo comment ma lekhna pani sakdina , jo satye huda hudei pani lekhera prakashan garna mildeina

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button