जनक शिक्षाले किताब सट्टा मतपत्र पठाउँछ

कविताः फरक

पेशल आचार्य

जनक शिक्षाले
किताब सट्टा
मतपत्र पठाउँछ
कृषि मन्त्रालय
मल किन्दैन
माल खान्छ
सरकार
तेल महँगो बनाएर
हतियार किन्छ !

पुलिस आफैँ
असुरक्षित छ
मन्त्री
पद खुस्किएपछि
घर जाँदा
वासिङ् मेसिन
चोरेर लैजान्छ !

चुनाव आउन
पाँचै महिना बाँकी हुँदा
संसद नाटक देखाएर
उप सभामुखको
निर्वाचन गर्छ !

यो देशमा
जेजे हुनै पर्ने हो
ती कहिल्यै हुँदैनन्
जेजे नहुनु पर्ने हुन्
ती जहिल्यै हुन्छन् !

टिचरहरु
चिटर भाँतीमा छन्
विद्यार्थी
सिध्यार्थी भएको छ
ज्ञानगुन
अरूलाई अर्ती दिन
फेसबुकमा मात्र
काम लाग्छ
जबजब
उत्पादनका
कुरा आउँछन्
अनि स्थानीय सरकार
कहिले भ्यु टावर
देखाउँछ
कहिले सालिक
भँजाउँछ
र नजिक नआउने गरी भाग्छ !

देशमा
बुद्ध चाहिएको हो
या नबोबुद्ध
म तुलना गरिरहेछु !
उत्पादन वृद्धि
या भाषण वमन
म फरक
छुट्याउन
खोजिरहेछु !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button