
रमाउँदै कमला, हाँस्न थाले फूलका गमला
दुर्गाकुमारी भट्टराई (आचार्य)
रमाउँदै रमाउँदै आयो असार
हलो अनौ समाउँदै हिँड्न हतार ।
तल्लो घरका सानू दाजु,भाउजू
पल्लो घरको ठुलो दाजु, भाउजू ।
हाँस्दै रमाउँदै कोदोको बीउ समाउँदै
असारे भाकामा रमाउँदै कमला, विमला
घर घरमा हाँस्न थाले फूलका गमला ।
अबिरल बर्षाले कतै चटारो
हान्यो खडेरी कतै पर्यो झटारो ।
रमाउँदै रमाउँदै आयो असार
हलो अनौ समाउदै हिँड्न हतार ।
मानो रोपी मुरी फलाउन
उखाले झारपात अन्न मौलाउन
मल जल हाली बडो मायाले
जतन गरि राखेको भकारी भराउन ।
हाँस्दै रमाउँदै आयो असार
हलो अनौ समाउँदै हिँड्न हतार ।
सम्झँदै मनले आउँदो मंसिरमा
थन्काउँछु अन्न भनी मनले दङ्ग परी
भिजेका शरीरले दहि चिउरामा रमाउँदै ।
रमाउँदै रमाउँदै आयो असार
हलो अनौ समाउँदै हिँड्न हतार ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)